काठमाडौं । देशभर विभिन्न स्थानमा अवैध लागूऔषधसहित १८ जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट खैरो हेरोइनजस्तो देखिने ६६० मिलिग्राम पदार्थसहित बैतडीका २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, भन्सार कार्यालय नजिकैबाट २ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित डोटीका २४ वर्षीय किरण बहादुर विश्वकर्मा पक्राउ परेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १९ ग्राम २ मिलिग्राम ब्राउनसुगरसहित स्थानीय ३५ वर्षीया पुष्पा लोनिया पक्राउ परेकी छन्। मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट ३ ग्राम ९४० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय किरण राई र २२ वर्षीय रोमन राई पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट १३ ग्राम ४ सय मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २६ वर्षीय रमेश गुरुङ पक्राउ परेका छन्। विराटनगर-१६ मा नियन्त्रित लागूऔषधका विभिन्न एम्पुलसहित धरानका ३६ वर्षीय तीर्थ राई पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा-१ चौकीटोलबाट ७ सय मिलिग्राम खैरो हेरोइनसहित हेटौंडाका समुन गुरुङ र बुद्ध थिङ पक्राउ परेका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट करिब ३१ किलो गाँजासहित बराहक्षेत्र नगरपालिका-१ का समिर राई र संजिव राई पक्राउ परेका छन्।
त्यस्तै, धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित थप ७ जना पक्राउ परेका छन्। ट्रामाडोल, स्पासपेन ट्याब्लेट र गाँजासहित धरानका सुरेश गुरुङ, नरेश राई, अनिकेत राई, एक १६ वर्षीय किशोर, सनम परियार, चन्द्र लिम्बु र कुल बहादुर बान्ता पक्राउ परेका हुन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

