काठमाडौं । आज वैशाख कृष्ण औँसीको अवसरमा देशभर आमालाई श्रद्धा र सम्मानका साथ मीठा खानेकुरा खान दिई आमाको मुख हेर्ने पर्व मनाइँदैछ। शास्त्र अनुसार आमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूलो स्थानमा रहनुहुन्छ। जीवित आमालाई राम्रो कपडा र मिठा खानेकुरा दिएर खुसी बनाइन्छ भने दिवङ्गत आमालाई तर्पण, पिण्डदान र सिदादान गरिन्छ।
चन्द्रागिरिको मातातीर्थमा यस अवसरमा मेला लाग्नेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले गुरु अस्त वा सूर्यग्रहणका कारण आज आमाको मुख हेर्न नहुने भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ।
प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार

