२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भइन् थुनुवा महिला

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन्।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षीया मिना शाही दमाईलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्‍याएको थियो। तर, दिउँसो सवा २ बजे कार्यालय पुगेर केही समयमै उनी हतकडीसहित फरार भएकी हुन्।

महिला फरार भएको करिब ४० मिनेटपछि मात्र प्रहरी टोलीले माथिल्लो निकायलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दमाईमाथि आफन्त नातागतर बालिकालाई भारतमा बेचबिखन गरेको आरोप लागेको छ। हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस