२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरीमा व्यापक परिवर्तन : ६३ एसपीको सरुवा, को-कहाँ ? [नामसहित]

काठमाडौँ। सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ। सरुवा गरिएको एक प्रमुख नाम अनन्तराम शर्माको सर्लाही जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गरिएको हो।

त्यस्तै, अनुपम श्रेष्ठलाई पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय, अमरेन्द्र बहादुर सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालयका आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा जनकपुर, धनुषामा सरुवा गरिएको छ।

खड्क बहादुर खत्रीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय, ठाकुर प्रसाद पोखरेललाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको छ।

त्यसै गरी दधिराम न्यौपानेको स्याङ्जा जिल्ला प्रहरी कार्यालय र नारायण प्रसाद अधिकारीको गुल्मी जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

1

2

3

4

5

6

7

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस