काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-५, ग्यालेक्सीटोल डेरा गरी बस्ने भारतीय नागरिक २२ वर्षीय शिवा पटवा (आशिष कुमार)लाई आइतबार दिउँसो ४२ लाख ६३ हजार ९ सय नेपाली रूपैयाँ र १६ हजार ५ सय ९० भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले आशिष कुमारको कोठामा तलासी गर्दा स्रोत नखुलेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको र पक्राउ परेका आशिष कुमारसँग सम्बन्धित थप जानकारी संकलन भइरहेको बताइएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार

