२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आज मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

Heavy-rain-in-Chitwan-1778x1000

काठमाडौं । मंगलबार देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। म‌ंगलबार राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस