२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गगन थापाविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ मंगलबार सकिएको छ। कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा मुद्दामाथि प्रारम्भिक बहस भएको हो।

निवेदकको तर्फबाट अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले बहस गरेका थिए। उनीहरूले आइतबार सर्वोच्च अदालतमा थापाविरुद्ध मुद्दा दायर गरेका थिए।

थापाले बिहीबार संवैधानिक परिषद्का पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्चले निर्णय नगरेको भन्दै सार्वजनिक टिप्पणी गरेका थिए, जसलाई लिएर अदालतको अवहेलना आरोप लगाइएको हो।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस