२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अवहेलना मुद्दामा सर्वोच्चबाट गगन थापालाई झट्का, जारी भयो यस्तो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापाले दिएको अभिव्यक्तिपछि दर्ता भएको अवहेलना निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै लिखित जवाफ माग्ने आदेश दिएको हो।

थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा भएका ५२ नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर अधिवक्ताहरूले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

सर्वोच्चको आदेशपछि अब थापाले लिखित जवाफसहित आफ्नो पक्ष राख्नुपर्नेछ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस