२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

५१ वर्षीया मुना काठमाडौं-१२ बाट समातिइन्, यसरी खुल्यो डरलाग्दो काण्ड

काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा ५१ वर्षीया मुना कार्की काठमाडौंको वडा नं १२ बाट पक्राउ परेकी छन्। मोरङको कानेपोखरी गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएकी मुनाले आकर्षक तलबको प्रलोभन देखाएर एक व्यक्तिबाट ३ लाख ४० हजार रुपैयाँ लिएकी थिइन्। रकम लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा यस्तै प्रकृतिका अन्य ठगी घटनासमेत रहेको आशंका गरिएको छ। उनलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइ थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस