२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भोली सरकारले दियो सार्वजनिक बिदा !

१७ बैशाख, काठमाण्डौँ । सरकारले बैशाख १८ गते भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिइएको यो बिदासँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक संस्थानहरू बन्द रहनेछन् ।

प्रत्येक वर्ष मे १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा नेपाल सरकारले पनि सार्वजनिक बिदा दिँदै आएको छ। यस अवसरमा श्रमिकहरूको अधिकार र सम्मानबारे विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस