काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । राष्ट्रिय जनमत पार्टीसँग एकता गर्ने भनिएको दिन नै उनलाई पक्राउ गरिएको हो ।
पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको छ । उनले एकताको दस्तखत गर्नै लागेका थिए । टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
चौधरीलाई डिल्लीबजार कारागार पठाइएको अधिकारीले बताए । सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा रहेका दुई पार्टीबीच एकताको सम्झौतामा दस्तखत हुन बाँकी छ ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार

