काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखियो,’ उनले भने, ‘त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको हो । के कसरी पत्र जारी भएको भन्नेबारे सर्वोच्च अदालतले आन्तरिक अध्ययन सुरु गरेको उनले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार

