२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

मंगल ग्रहमा कसरी चल्छ उच्च गतिको इन्टरनेट ? नासाको नयाँ खोज

काठमाडौं । मङ्गल ग्रहमा पृथ्वीको तुलनामा लाखौँ गुणा तीव्र गतिको इन्टरनेट सेवा सुरु हुने तयारी भएको छ। अमेरिकी अन्तरिक्ष संस्था नेशनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले मङ्गल ग्रहमा अत्याधुनिक इन्टरनेट सेवा स्थापना गर्न छिट्टै काम सुरु गर्ने जनाएको छ।

वास्तवमा यो गहिरो अन्तरिक्ष इन्टरनेट सञ्जाल योजना हो, जसअन्तर्गत पहिलो लाभ मङ्गल ग्रहलाई मिल्नेछ। नासाले तयार पारेको गहिरो अन्तरिक्ष अप्टिकल सञ्चार प्रविधि नामक प्रणालीको परीक्षण हाल नासाको साइकी नामक अन्तरिक्ष यान मार्फत भइरहेको छ। अहिलेसम्मको परिणाम अत्यन्त उत्साहजनक देखिएको छ।

यस प्रविधिले परम्परागत रेडियो तरङ्गको सट्टा शक्तिशाली लेजर प्रविधि प्रयोग गरी डाटा पठाउँछ। यसबाट सय गुणा बढी गतिको सञ्चार सम्भव भएको छ।

नयाँ प्रविधिको प्रयोगले लाखौँ किलोमिटर टाढाबाट उच्च गुणस्तरको भिडियो, अडियो, तस्बिर तथा अनुसन्धानका जटिल डाटाहरू केही सेकेन्डमै पृथ्वीमा ल्याउन सकिनेछ। यसको प्रयोगले भविष्यमा अन्तरिक्ष अनुसन्धानमा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।

यस प्रणालीले पहिले नै ४६ करोड किलोमिटर टाढाबाट डाटा प्रेषित गर्न सफल भइसकेको छ, जुन पृथ्वी र मङ्गलबीचको औसत दूरीभन्दा धेरै हो। सामान्य दूरी (५ करोड ३० लाख किलोमिटर) मा यसले प्रति सेकेन्ड २६७ मेगाबिटको गतिको डाटा प्रवाह गर्नेछ, जुन एक किसिमको चमत्कार नै हो।

नासाको रकेट तथा अन्तरिक्ष प्रविधि प्रयोगशाला (जेट प्रोपल्सन ल्याबोरेटोरी) मा कार्यरत एक प्राविधिकका अनुसार यो परीक्षण अपेक्षाभन्दा निकै उत्कृष्ट देखिएको छ। यद्यपि प्रविधि अहिले पनि परीक्षणकै चरणमा रहेको उनले बताए।

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस