२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

स्पेनमा मन्त्रीको रंगीन यात्रा : बिरामी श्रीमती नेपालमै, गर्लफ्रेण्डसँग विलासिता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले आफ्नो प्रेमिका निर्जला राउतलाई कानूनी रुपमा पत्नीको मान्यता दिएका छन्। उनको कानूनी विवाह महोत्तरीको स्थानीय तहबाट दर्ता गरिएको खुलेको छ। तर, उनको पहिलो पत्नी रश्मी भण्डारी भने हात्तीपाइले रोगबाट पीडित छिन्।

निर्जला भारतीय मूलका अमेरिकी नागरिक कृष्णनकी पूर्वपत्नी हुन्, जससँग सम्बन्धविच्छेदपछि उनी नेपालमै स्थायी बसोबास गर्दै आएकी छन्। उनी भण्डारीसँग लिभिङ टुगेदरमा बसेर लामो समयदेखि राजनीतिक रूपमा पनि प्रभावशाली बनेकी थिइन्। भण्डारीकै पहलमा उनले दोस्रो संविधानसभा र प्रतिनिधिसभामा समानुपातिक सांसदको अवसर पाएकी थिइन्।

निर्जला भित्रिएपछि भण्डारी कांग्रेसको राजनीति छाडेर मधेसकेन्द्रित राजनीतिमा सक्रिय बने। हालै उनले मन्त्रालयका श्रम सहचारी तथा काउन्सेलर नियुक्तिमा निर्जलाको प्रभाव परेको भन्दै असन्तुष्टि बढेको छ। साथै, बर्दिबासमा संयुक्त लगानीमा होटल, हस्पिटल र जलविद्युत् परियोजना समेत सञ्चालन गरिरहेको स्रोतहरू बताउँछन्।

पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी कान्छी श्रीमतीको वैधता दिएकाले भण्डारी कानूनी रूपमा विवादमा पर्न सक्ने जानकारहरू बताउँछन्। उनका तीन छोरीमध्ये एक जनालाई रास्वपा सांसद विराजभक्त श्रेष्ठसँग विवाह गराइएका छन्, भने माइली छोरी अष्ट्रेलियामा बस्छिन्। कान्छी श्रीमतीको दबदबा बढ्दै गएपछि मन्त्रालयभित्र समेत असन्तुष्टि चुलिएको छ। जनआस्थाबाट

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस