२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रविलाई आज काठमाडौंमै हिरासतमा राखिन्छ, त्यसपछि कहाँ लगिन्छ ?

काठमाडौं । पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनेछन् । उनलाई त्यहाँ थुनामा राखि सकिएको छ । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ ।

‘भोलि विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले उक्त आदेश बदर गर्दै थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।

 

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस