२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने एमालेको निर्णय [नामावलीसहित]

काठमाडौँ । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ। यो निर्णय सोमबारको पार्टी सचिवालय बैठकमा गरिएको हो।

उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने, “यसपटकको पार्टी स्थापना दिवसमा विगतको जस्तो कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई कम्युनिस्ट योद्धाको रूपमा सम्मान गरिनेछ।”

सम्मानित हुने व्यक्तिहरू हुन्: लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभाराम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा)।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस