२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, लुक्लाका लागि तय भएका चार उडान डिले

१८ बैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि वर्षा भएको छ । वर्षासँगै प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने डोमेस्टिक र एउटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । काठमाडौंबाट लुक्लाका लागि तय भएका चार उडान डिले भएका छन् । यसैगरी रेसुङ्गाको एउटा उडान डिले भएको छ ।

यसैगरी हिमालय एयरलायन्सको ल्हासाका लागि तय भएको उडान पनि डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको भैरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस