२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेटवार्ता

१८ बैशाख, काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस