काठमाडौं । सरकारले आज (वैशाख १८ गते) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले श्रमिक दिवस (मे १) का अवसरमा यसअघि पनि सार्वजनिक बिदा दिँदै आएको थियो।
आजको बिदासँगै देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सेयर बजार, विद्यालय र अन्य सार्वजनिक संस्थानहरू बन्द रहेका छन्।
प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर मनाइने श्रमिक दिवसका अवसरमा आज देशभर विभिन्न संघसंस्थाले श्रमिकको अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा कार्यक्रमहरू आयोजना गर्छन्।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार

