
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कायम रहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार