२०८१ बैशाख ३० गते आइतवार | 2024 May 12th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरा बुहारी हुँदा घरमा ल्याउने, मेरो भन्दा दोब्बर उमेर भएपनि यौन नै पुगेन भनेपछि आवेगमा मारे -बयान

sex with 40-year-old single woman

जनकपुर । धनुषामा एक एकल महिलाको हत्या गरी खाल्डो खनी शव लुकाएर फरार भएका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–१८ घर भई हाल जनकपुरधाम बसी घर बनाउने मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेको प्रहरीले पुष्टि गरेको छ ।

उनलाई मिथिला बिहारी नगरपालिका–८ तारापट्टीकी ४० वर्षीय एकल महिला उषा दासको हत्या गरेको आरोपमा पक्राउ गरिएको धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ २५ गते घरमा कोही नभएको बेला मण्डलले दासलाई हत्या गरी घरको छेउमा रहेको पोखरी आसपास शव गाडेर फरार भएका थिए।

दासको हत्या गरेपछि मण्डलले छेउकै पोखरीको छेउमा लगेर खाल्डो खनी शव चाँडो गलोस् भनेर कपडा फुकालेर पोखरीमा गाडी फरार रहेको धनुषा प्रहरी उपरीक्षक खडकाले बताउनुभयो । घटना भएको दिन दासको छोरा श्रीमती सहित ससुराली गएका थिए। उनको घरमा आउ जाउ गरिरहने मण्डलसँग मृतक दासको झगडा भएको थियो। अनैतिक सम्बन्धमा रहेका उनीहरुबीच विवाह गर्नुपर्ने विषयमा विवाद भएपछि मण्डलले मृतक दासलाई एक थप्पड हिर्काउँदा मृतक बाहिर भाग्न लागेपछि घाँटी थिची हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

मण्डललाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार मृतक दासले मण्डलसँग प्रेम सम्बन्धपछि विवाह गर्न दबाब दिँदै आएको र मण्डल टाढा भाग्न खोजे पनि मृतकले उनलाई आफै खोजेर घरमा ल्याउने गरेकी थिइन। घरमा छोरा बुहारी हुँदा सम्म उनले घरमा नै ल्याएर बसाउने गर्थिन् । यौन सम्बन्धमा अति नै व्याकुलता देखाएर आफूलाई बारम्बार दवावमा राख्ने गरेको बयान अभियुक्तले दिएका छन् । मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ। उनीहरुबीच लामो समयदेखि यौन सम्बन्ध हुने गरेको मण्डलले बयानमा स्वीकार गरेका छन् ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस