२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सरकारले अब फलाम खानी सञ्चालन गर्ने

काठमाडौं । सरकारले धौवादी फलाम कम्पनीलाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने जनाएको छ । दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त फलाम कम्पनीमा निजी क्षेत्र ल्याएर सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गरिने बताएका हुन् ।

उनले फलाम तथा खनिज पदार्थको उत्खननमा नयाँ प्रविधि प्रयोग गरिने पनि उनले बताएका छन् । उनले व्यावसायिक सम्भावना भएका रुग्ण उद्योगलाई व्यवस्थापनका उपयुक्त विधि अपनाइ पुनः सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस