२०८२ बैशाख २१ गते आइतवार | 2025 May 4th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजस्थानमाथि १०० रनको सानदार जित, मुम्बई शीर्ष स्थानमा

काठमाडौं । जयपुरको सवाई मानसिंह स्टेडियममा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि १०० रनको प्रचण्ड जित निकाल्दै आइपिएलको शीर्ष स्थानमा छलाङ मारेको छ।

पहिले ब्याटिङ गर्दै मुम्बईले २ विकेटको क्षतिमा २१७ रनको बलियो योगफल बनायो। ओपनर र्‍यान रिकेल्टनले ६१, रोहित शर्माले ५३, अनि सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्याले नटआउट रहँदै समान ४८/४८ रन बनाए।

जवाफमा राजस्थानको ब्याटिङ धराशायी बन्यो। मुम्बईको धारिलो बलिङअगाडि राजस्थान १६.१ ओभरमै ११७ रनमा समेटियो। ट्रेन्ट बोल्ट र कर्ण शर्माले ३/३ विकेट लिए भने बुमराहले २ तथा दीपक चाहर र पाण्ड्याले १/१ विकेट हात पारे।

राजस्थानका लागि जोफ्रा आर्चरले ३० रन बनाए पनि अन्य ब्याटरले खास योगदान गर्न सकेनन्। यस जितसँगै मुम्बई १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ, जबकि राजस्थान ६ अंकमा आठौं स्थानमा सीमित छ।

 

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस