काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, नेपालका नागरिकहरूले अब ग्रीन कार्ड लटरी (डाइभर्सिटी भिसा लटरी २०२६) को नतिजा हेर्न सक्नेछन्।
यो नतिजा आधिकारिक वेबसाइट dvprogram.state.gov मा अनलाइनमार्फत उपलब्ध हुनेछ। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।
नतिजा हेर्न आवेदन गर्दा प्राप्त गरिएको कन्फर्मेसन नम्बर अनिवार्य हुनेछ। नतिजा इमेल वा हुलाकमार्फत पठाइएको छैन । अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट नै नतिजा हेर्नका लागि एक मात्र आधिकारिक माध्यम हो।
स्मरण रहोस्, DV-2026 कार्यक्रमको आवेदन अक्टोबर २ मा खुलेको थियो। यस लटरीमार्फत प्रत्येक वर्ष झण्डै ५५,००० आप्रवासी भिसा ती देशका नागरिकहरूलाई दिइन्छ । जसको आप्रवासन दर अमेरिका तर्फ परम्परागत रूपमा कम छ।
प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार

