२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

फेरि बढ्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

gold price today nepal

२१ बैशाख, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस