२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तीनकुने घटना : पक्राउ परेका धादिङका सरोजसहित ६ जना कक्षा १२ को परिक्षार्थी !

२१ बैशाख, काठमाण्डौँ । तीनकुने घटनामा पक्राउ परेका ६ जना आइतबार सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । गत चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरुले प्रहरी नियन्त्रणमा रहेरै परीक्षा लेखेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अपिलराज बोहराका अनुसार भद्रकालीस्थित प्रहरी परिसरमा रहेका उनीहरुले अन्य केही कैदीसहित परीक्षा दिन लगाइएको हो । परीक्षा दिनेमा सिरहाका दिनेश महतो, सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगात कुमार बिके, धादिङका सरोज थापा, नुवाकोटका साइमन घले र भारतका अमन सकिन रहेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस