२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

तीनकुने घटना : रवीन्द्र र दुर्गासहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२१ बैशाख, काठमाण्डौँ । काठमाडौँ जिल्ला अदालतले तीनकुटने घटनाको अनुसन्धानका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले यो आदेश गरेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र घटना भएकै दिन चैत १५ गते पक्राउ परेका थिए । दुर्गा प्रसाई भने त्यसको एक महिनापछि वैशाख १५ गते मात्र पक्राउ परेका थिए ।

उनी तीनकुनेमा राजा फर्काउने भनेर गरिएको प्रदर्शनका ‘जनकमान्डर’ तोकिएका थिए । उनले प्रहरीमाथि नै गाडी चलाउन खोजेका थिए। मिश्र पनि उक्त कार्यक्रममा पुगेर भिडलाई उकास्ने काम गरेको भिडिओमा देखिएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस