२२ बैशाख , काठमाडौँ । नेपालमा मृत्युको स्थिति सबैभन्दा धेरै कोशी प्रदेशमा रहेको देखिएको छ । राष्ट्रिय २०७८ को जनगणनाअनुसार नेपालका सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा न्यून कर्णाली प्रदेशमा रहेको सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
कुल गैरसंस्थागत परिवार ६६ लाख ६० हजार ८ सय ४१ मध्ये कोशी प्रदेशमा मृत्यु स्थिति ३.१ प्रतिशत रहेको छ भने कर्णालीमा २.२ प्रतिशत रहेको छ ।
जिल्लास्तरको तथ्यांक तुलना गर्दा सर्वाधिक ३.८ प्रतिशत कपिलवस्तु र सबैभन्दा न्यूनतम रुकुम–पश्चिममा १.८ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ । कुल गैरसंस्थागत परिवार ६६ लाख ६० हजार ८ सय ४१ मध्ये २.९ प्रतिशत परिवारमा मात्र कुनै सदस्यको मृत्यु भएको पाइएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार

