२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

गुडिरहेको मोटरसाइकलमाथि एक्कासि ढुंगा बज्रिँदा गाउँपालिका शिक्षा अधिकृतको मृत्यु

२३ बैशाख, काठमाण्डौँ । सडकमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापाका अनुसार वडा नम्बर ५ स्थित चौपातामा सोमबार शैक्षिक कार्यक्रम थियो । सामाजिक विकास कार्यालयले आयोजनाको गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको थियो । ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ । मोटरसाइकल चलाइरहेका शिक्षा अधिकृत ओझामाथि ढुंगा बज्रिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर गम्भीर घाइते उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस