
काठमाडौँ । नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८९ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा स्थिर छ ।
प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार