२०८२ बैशाख २५ गते बिहिवार | 2025 May 8th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छिमेकमा तनाव : सिंहदरबारमा सुरक्षा परिषद्को बैठक

काठमाडौं । भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण नेपालमा पर्नसक्ने प्रभावबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, सेनापति अशोकराज सिग्देल लगायतको सहभागिता रहेको छ।

यसअघि गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सीमा, विमानस्थल र संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी कडा पार्ने निर्णय गरिसकेको छ।

भारतको आक्रमणमा पाकिस्तानमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको बताइएपछि परिस्थिति गम्भीर बन्दै गएको छ। त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले उच्चस्तरीय छलफल तीव्र बनाइएको हो।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस