२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

२६वैशाख, काठमाण्डौँ । सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको हप्ताको पहिलो दिन वैशाख २१ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार सात सय रुपैयाँले बढी हो ।

यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस