२९ बैशख , काठमाडौँ । काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान बा ३४ प ४३२० र रा ७ प ८७९५ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका–५ निवासी ४६ वर्षीय सन्तोष कुमार गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर लगिएको भए पनि उपचारका क्रममा निधन भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । त्यस्तै, सोही मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

