बुटवल । लुम्बिनी प्रदेशमा शुक्रवार आएको भीषण हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। नवलपरासीको सुनवलमा प्रतीक्षालयमा रूख ढल्दा २ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भए। कपिलवस्तुमा आँप टिप्न गएकी १४ वर्षीया किशोरीको रूखको हाँगा खस्दा ज्यान गयो।
रुपन्देहीका विभिन्न क्षेत्रमा घर र संरचनामा क्षति पुगेको छ। यस्तै, लुम्बिनीमा भारतीय कार र पिकअप ठोकिँदा २ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार

