काठमाडौं । २४ वर्ष जापान बसेर फर्किएका धादिङका कृष्ण सिम्खडाले काठमाडौँ ठमेलमा करिब २ अर्ब ५० करोड लगानीमा ‘आर्या होटल एण्ड स्पा’ सञ्चालनमा ल्याएका छन्। सात वर्षसम्म स्वदेशमै होटल निर्माणमा जुटेका सिम्खडाले पुरै होटल आफैंले डिजाइन र व्यवस्थापन गरेका हुन्।
७२ कोठे यो आलिसान होटलमा नेपाली कला र संस्कृति झल्कने नेवारी शिल्प, आँखीझ्याल, टुँडाल, फाल्चा जस्ता परम्परागत डिजाइनलाई आधुनिक सुविधासँग जोडिएको छ।
होटलमा स्पा, स्वीमिङ पुल, ज्याकुजी, साउना, स्काइलाइन रेष्टुरेन्ट, ३६० डिग्री भ्यू लाउन्ज, सभाहल लगायत उच्चस्तरीय सेवा छन्। होटलका कोठाहरू विभिन्न दरमा ($160–$1680) उपलब्ध छन्।
सिम्खडाले भविष्यमा पोखरा, चितवन, लुम्बिनी, नगरकोट लगायत पाँच स्थानमा शाखा विस्तार गर्ने योजना बनाएका छन्। नेपालमै केही योगदान दिने सोचले लगानी गरेको भन्दै उनले नेपाली पर्यटनमा गुणस्तरीय अनुभव दिन चाहेको बताए।

