२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जापानबाट निष्कासित ७ नेपाली को हुन्?

काठमाडौं । जापान सरकारले हालै गैरकानुनी रूपमा बसोबास गर्दै आएका सात जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। जापानको अध्यागमन विभागले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल फर्काएको हो।

निष्कासनमा परेका नेपालीहरूमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन्। उनीहरूलाई थाई एयरलाइन्समार्फत नेपाल पठाइएको थियो। यसअघि पनि जापानले वैशाख अन्तिम साता दुई जना नेपालीलाई निष्कासन गरेको थियो।

जापानमा हाल २ लाख ३३ हजारभन्दा बढी नेपाली बसोबास गरिरहेका छन्, जसमा विद्यार्थी, श्रमिक र अन्य विभिन्न श्रेणीका आप्रवासीहरू समावेश छन्। हालैका वर्षहरूमा अध्यागमन कानुन उल्लंघनका घटनाहरू बढ्दै गएका छन्, जसका कारण जापान सरकारले निगरानी र कारबाही कडा बनाएको छ।

निष्कासित नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रक्रियापछि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस