२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं जयबागेश्वरीबाट ७ जना रंगेहात पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित जयबागेश्वरीमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन्। भीम संगतको घरमा जुवा खेल्दै गरेको सूचनाका आधारमा शुक्रबार साँझ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घरधनी ६६ वर्षीय भीम संगतसहित ७ जना छन्। प्रहरीले घटनास्थलबाट १ लाख ७ हजार ९१५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस