२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

तीनकुने घटनाका नाइके प्रसाईंको हिरासत अवधि थपियो

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ। चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका उनलाई आइतबार म्याद थपका लागि अदालतमा प्रस्तुत गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिनको म्याद दिएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस