२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विश्व पौडेललाई गभर्नर बनाउने सहमति

Agreement Reached to Appoint Bishwo Paudel as Governor

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस