२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘अनुशासनहीन कर्मचारी’ भन्दै राजुनाथ पाण्डेलाई निकाल्न सोधियो स्पष्टीकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले स्पष्टीकरण सोधेका छन् । अनुशासनहीन भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए ।

स्पष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्ययममा अनधिकृत बयान दिएको उल्लेख छ । यस्तै महानगरका जनप्रतिनिधिहरुसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको पनि गुरागाइँले सोधेको स्पष्टिकरणमा उल्लेख छ ।

कार्यालय प्रवेश गर्दा भएको द्वन्द्वलाई इंगित गर्दै स्पष्टिकरणमा भनिएको छ ‘वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको।’

यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको जस्ता कुरा समेत स्पष्टीकरण उल्लेख छ । महानगरका स्रोतका अनुसार सात दिन भित्र स्पष्टिकरण पेश नगरे वा स्पष्टिकरण चित्तबुझ्दो नभए कानून बमोजिम कारबाही हुने समेत उल्लेख छ । अर्थात बर्खास्त समेत गरिनेछ । ‘तालुकदार कर्मचारी प्रमुखले सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएमा वा स्पष्टीकरण नै नदिएमा कारबाहीका लागि थप सहज हुन्छ,’ गुरागाईंले भने । उनको कुरा सुन्दा अब पाण्डेलाई निकालिनेछ । जागिरबाट हात धुनुपर्नेछ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस