काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा रिहाइ नै रोक्नेगरी बरिष्ठ वकिलहरु नै लागि परेका छन् । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा उनीहरुले रविलाई जसरीपनि थुनामा पठाउने रणनीतिमा उत्रिएका छन् ।
रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर भएका बहस वरिष्ठ वकिलहरु हात धोएर लागेका हुन् । रविका वकिल, छविका वकिल र सरकारी वकिल सबैले बहस सिध्याइसकेका छन् ।
जाहेरवालाको तर्फबाट भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका छन् । जाहेरवालाहरुले नै आफूहरुलाई डमीको रुपमा प्रहरीले उभ्याएको भन्दै जाहेरी आफूहरुबाट नभएको बताउँदै आएका छन् । तर वरिष्ठ अधिवक्ताहरु जाहेरवालाको तर्फबाट भन्दै हरेक अदालतमा पुगेर जोडतोडका बहस गरिरहेका छन् ।
त्रिपाठीको कुरा गर्ने हो भने उनी पहिल्यैदेखि रविविरुद्ध निरन्तर बहस गरिरहेका वकिल हुन् । रविमाथि मुद्दा परेका सबैजसो अदालतमा पुगेर उनले बहस गर्दै आएका छन् । गत माघमा काठमाडौं जिल्ला अदालतमा रवि विरुद्ध बहस गरेर फर्किँदा उनीमाथि अदालत परिसरमा कुटपिट समेत भएको थियो ।

