२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काठमाडौंका होटल र रेस्टुरेन्ट अब राति ११ बजेसम्म खुल्ने

९ जेठ, काठमाण्डौँ । काठमाडौंका होटल र रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन् । प्रशासन कार्यालय काठमाडौंले होटल व्यवसायीहरूको निरन्तर मागपछि यस्तो निर्णय गरेको हो । पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरणका लागि यो निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ ।

होटल व्यवसायी संघ काठमाडौंले प्रहरीको हस्तक्षेपले समयअघि नै व्यवसाय बन्द गर्नुपर्दा ग्राहक सन्तुष्टि र व्यवसायमा असर परेको बताउँदै आएको थियो ।
संघले रातभर सञ्चालनको अनुमति मागे पनि राति ११ बजेसम्मको अनुमति दिइएको हो । पर्यटन र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस