२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सडक ७ मिटर भासिएपछि पूर्व–पश्चिम सडक खण्ड पूर्णरूपमा अवरुद्ध

काठमाडौं । शुक्रवार रातिदेखि परेको पानीका कारण दाउन्ने सडक खण्ड रूपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भत्किएपछि सडक अवरुद्ध भएको हो ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ । सडक स्तरोन्नतिको क्रममा गरिएको ढलानसमेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

सडक अवरुद्ध भएपछि राति ११ बजेबाट पूर्व–पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन् । शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

दाउन्ने सडक खण्ड केही दिनअघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस