काठमाडौं । शनिबार दिउँसो डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच झडप भएको छ।
पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरूबीच सीमा विवादका कारण झडप भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ६–७ सय जनाको भिड भिडन्तमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउन्ड हवाई फायर गर्नुपरेको थियो।
अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शनिवार

