२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं बूढानीलकण्ठमा यो के भयो ?

www.janaboli.com;

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलबाट ठूलो मात्रामा चोरी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोमबार होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका भाँडावर्तन र एक थान ल्यापटप चोरी भएको हो।

हालसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान खुलेको छैन। चोरीमा संलग्नलाई पहिचान गरी खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ भने होटलका तर्फबाट समेत अनुसन्धानमा सहयोग भइरहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस