काठमाडौं । वैदेशिक रोजगारीको नाममा क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा खोटाङकी ३४ वर्षीया सम्झना राई पक्राउ परेकी छन्।
सम्झनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो।
उनले क्यानडामा काममा पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ७ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएको छ।
ठगी प्रकरणमा पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय, ताहचलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार

