२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नागढुंगाबाट बसका सहचालक रंगेहात पक्राउ

काठमाडौं । १२ किलोभन्दा बढी अवैध चाँदीसहित बसका सहचालकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह हुन्। बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सहचालक रहेका उनी सोमबार राति पौने १० बजे पक्राउ परेका हुन्।

प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकजाँचका क्रममा बसबाट १२ किलो १७६ ग्राम बिलबिना ल्याइएको चाँदी बरामद गरेपछि सिंहलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उक्त चाँदी बिना बिल–बिजकको गरगहना स्वरूपमा काठमाडौं ल्याइएको थियो।

पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस