काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११:५६ मा कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको छ।
यसअघि, जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प आउने क्रम जारी रहँदा, हिमालय क्षेत्र भएकाले नेपाललाई भूकम्प जोखिमयुक्त क्षेत्रको रूपमा लिइन्छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार

