२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

राजनीतिक पूर्वाग्रहले प्रेरित भएर म विरुद्धको आक्रमण भयो : गृहमन्त्री

The Attack Against Me Was Politically Motivated Home Minister

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए ।

‘सबैभन्दा पहिलो जसरी यो विषय (भिजिट भिसा) मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भनेका छन् ।

साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए ।

‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ,’ लेखकले भने, ‘यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु ।’

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस