२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एक्कासि ह्वात्तै घट्यो कुखुरा मासुको मूल्य, अब प्रतिकिलो कतिपर्छ ?

१६ जेठ , काठमाडौँ । बजारमा आज शुक्रबारदेखि लागु हुने गरी कुखुरा मासुको मूल्य घटेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ६० रुपैयाँ थियो ।
यस्तै तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको उनले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस